10:00 AM - 5:00 PM
२०८१ पौष
मिति २०८१ पौष ०५ गते, शुक्रबारको दिन काठमाडौंको महाराजगंज स्थित कुण्डलिनी दरबार ब्याङक्वेटमा यस सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा, यसै संस्थाका अध्यक्ष श्री जितेन्द्र थापा मगर ज्युको अध्यक्षतामा र काठमाडौं महानगर सहकारी विभागका नियमन महाशाखा प्रमुख श्री शुसिल सुबेदी ज्युको प्रमुख आतिथ्यमा सभ्य र भव्यका साथ सु-सम्पन्न भयो ।
उक्त कार्यक्रमको पहिलो सत्रमा, समुदघाटनका साथै कोषाध्यक्ष श्री मन बहादुर राना मगर ज्युबाट संस्थाको लेखा परिक्षकले तयार पारेको आर्थिक प्रतिवेदन, व्यवस्थापक श्री जीवन कुमार राई ज्युबाट प्रगति विवरण तथा अनुमानित बजेट विवरण, अध्यक्ष श्री जितेन्द्र थापा मगर ज्युबाट बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना र लेखा सुपरिवेक्षण समितिका संयोजक श्री खेम बहादुर गुरुङ ज्युबाट समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गत बर्ष जस्तै यस बर्ष पनि उत्कृष्ट ३ जना बचतकर्ता र ३ जना असल ऋण कारोबारी सदस्यहरुलाई कदरपत्र सहित पुरस्कृत गरिएको थियो भने संस्थामा कार्यारत कर्मचारीहरु ५ बर्ष पुरा गरि बफादार सेवा प्रदान गर्ने २ जना लाई कदरपत्र द्वारा सम्मान गरिएको थियो ।
दोश्रो (बन्द) सत्रको कार्यक्रममा, पहिलो सत्रमा प्रस्तुत भएका सम्पूर्ण प्रतिवेदन उपर छलफल, अनुमोदन र पारित भएको छ भने नियमित बाहेक देहाएका बिशेष प्रस्तावहरु उपर छलफल र निर्णयहरु भएको छः-
अन्तमा उपस्थित सम्पूर्ण शेयर सदस्यहरु, आयोजक टिम र आमन्त्रित व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै अध्यक्ष ज्युद्वारा सभा विसर्जन भएको थियो भने खाना र यातायात भत्ताको व्यवस्था पनि गरिएको थियो ।
धन्यवाद ! जय सिंगापुर गोर्खा सहकारी !!!
उदघोषक र मन्चमा आसिन अतिथि ज्युहरु ।
सभामा सहभागी शेयर सदस्य ज्युहरु ।
प्रमुख अतिथि तथा सभाध्यक्षबाट समुद्घाटन ।
सम्मानित कर्मचारीहरु ।
आयोजक टिम ।
कार्यक्रम पछि खानाको टाईम ।