• icon
    Sunday - Thursday

    10:00 AM - 5:00 PM

  • icon
    Call us

    +977-014015526/27

  • icon
    Maharajgunj

    04 - Kathmandu, Bagmati

rajibraj
परिचय

सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि‍.

सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि‍. एक विशुध्द सि‌ंगापुर गोर्खा प्रहरी बलका अबकाश प्राप्त तथा बहालवाला सदस्यहरु र उनीहरुका परिवारहरुको साझा संस्था हो। यस समुदाय सँग भएका जोश, जाँगर, सिप तथा प‌ूंजिलाई सँगठित र संकलित गरि सहकारीको सिद्धान्त र मुल्य मान्यता अनुसार आवश्यक सेवा, सुविधा र सामाजिक कार्यहरुको उचित व्यवस्थापन गर्ने प्रमुख उद्देश्यका साथ काठमाडौं जिल्ला डिभिजन सहकारी कार्यालयमा मिति २०६८ माघ ५ गते विधिवत् रुपमा दर्ता गरिएको हो ।

यो सहकारी संस्था तत्कालिन अवकाश प्राप्त सिंगापुर गोर्खाज र सिंगापुर गोर्खा पेन्सनर्स एशोसिएसन् नेपाल (SGPA Nepal) मा आवद्ध सदस्यहरुद्वारा दर्ता गरिएकोले उक्त संघको अविभावकत्वमा संस्थागत संस्थाको रुपमा रहेको छ ।

संस्थाको नाराः

"सिंगापुर गोर्खा हाम्रो पहिचान, समृद्दिको आधार सहकारी अभियान"

लक्ष्यः

सिंगापुर गोखार्जको पहिचान सहितको एक प्रतिष्ठित सहकारी संस्थाको स्थापना गरी सदस्यहरुलाई सहज सेवा सुविधा प्रदान गर्दै समुदायको आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक विकास गर्ने ।

सिंगापुर गोर्खा सहकारीको प्रमुख उद्देश्यहरुः

  1. विभिन्न ठाउँमा छरिएर बसोबास गरिरहेका सिंगापुर गोर्खाज तथा परिवारहरु विच आर्थिक कारोबारको माध्यमबाट सुमधुर सम्बन्ध कायम गर्ने।
  2. सदस्यहरुलाई बचत गर्ने बानी बसाल्ने र उनीहरुद्वारा बचत गरिएको रकमको सुरक्षण प्रदान गर्ने।
  3. आवश्यक परेका सदस्यहरुको गर्जो टार्न वित्तिय सुविधा वा ऋण उपलब्ध गर्ने।
  4. सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक तथा साँस्कृतिक उन्नतिको लागी पहल गर्ने।
  5. नेपालमा सिंगापुर गोर्खाहरुको पहिचान र उपस्थिति दर्शाउन प्रयास गर्ने।
About Image
Icon
We're ready to
assist you
About Image

Our Services

बचत

बचत

नियमित र अनिवार्य गरिने ।

more details
कर्जा

कर्जा ( ऋण )

विभिन्न प्रकारको कर्जाहरु

more details

Remittance Services

ime-logo.png
imepay.png
PMTLogo.png

Singcoop Profile

specialtie thumb

0

Share Members
specialtie thumb

0

Loanee Members
Executive Team Members

teamMember

Shib Bahadur Rana

Vic. Chairman
teamMember

Jiwan Kumar Rai

Secratary
teamMember

Man B. Rana Magar

Treasurer
News and Events

Recent News and Blogs