• icon
    Sunday - Thursday

    10:00 AM - 5:00 PM

  • icon
    Call us

    +977-014015526/27

  • icon
    Maharajgunj

    04 - Kathmandu, Bagmati

rajibraj २०८१ असोज

बडादशैं तथा तिहार २०८१

नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको उपलक्ष्यमा विगतमा झैं यसपाली पनि सिंगापुर गोर्खा पेन्सनर्स एशोसिएसन् महिला उपसमिति, काठमाडौं द्वारा २०८१ साल असोज १२ गते, शनिबारको दिन काठमाडौंको चाबहिल स्थित स्मार्ट प्यालेस परिसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । मौसमको प्रतिकुलताको बाबजुद पनि काठमाडौं उपत्यकावासी सिंगापुर गोर्खाजका परिवार तथा मित्रजनहरुको उल्लेखनिय उपस्थितिका साथ सुसम्पन्न भयो ।

कार्यक्रममा हाम्रै दिदी-बहिनी, भान्जा-भान्जी तथा सिंगापुर गोर्खा पोलीक्लिनिकका स्टाफ बहिनीहरु द्वारा बेजोड सांस्कृतिक प्रस्तुति भएको थियो भने कार्यक्रमलाई अझै रोचक बनाउने उद्देश्यले बिङ्गो/ तम्बोला खेलका साथै भाग्यशाली चिट्ठाहरुको व्यवस्था गरिएको थियो । उक्त भाग्यशाली चिट्ठाहरु मध्येमा प्रथम पुरस्कार रु. २० हजार बराबरको नगद भौचर यस सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि. द्वारा प्रायोजन गरेको थियो भने दोस्रो र तेस्रो पुरस्कार क्रमशः सिंगापुर गोर्खा पोलिक्लिनिक प्रालि. र सिंगईन्भेष्टमेन्ट प्रालि. द्वारा प्रायोजन भएको थियो ।

पुनश्चः यस संस्थाका सदस्य, परिवारजन् लगायत सम्पूर्णमा २०८१ सालको बडादशैं, तिहार तथा छठ पर्वको सुखद उपलक्ष्यमा सुस्वस्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।


rajibraj

प्रथम पुरस्कार विजेता बहिनीलाई प्रायोजक सिंगापुर गोर्खा सहकारीको तर्फबाट नगद भौचर प्रदान गर्नु हुँदै संस्थाका अध्यक्षज्यु

rajibraj

भाग्यशाली चिट्ठा पुरस्कारका प्रायोजक संस्थाका अध्यक्षज्युहरु कदरपत्रको साथमा

rajibraj

कार्यक्रममा स्वागत गर्दै कलाकार नानीहरु

rajibraj

आयोजक टिमका महिला दिदी-बहिनीहरु