• icon
    Sunday - Thursday

    10:00 AM - 5:00 PM

  • icon
    Call us

    +977-014015526/27

  • icon
    Maharajgunj

    04 - Kathmandu, Bagmati

saving

बचत:

शेयर सदस्यता लिनु संगै बचत खाता फारम भरी न्यूनतम रु. ३०००/- को खुत्रुके/ पेन्सन् बचत गर्नुपर्नेछ ।


साधारण तथा अनिवार्य बचतः

  • मासिक (Monthly) रुपमा न्यूनतम रु. ३०००/- वा सो भन्दा बढी रकम बचत गर्नुपर्नेछ।
  • यसका लागी घर दैलोमा संस्थाको आधिकारिक संकलकले सेवा दिनेछ वा बैंक र QR Code मार्फत फोन-पे बाट कारोबार गर्न सकिनेछ ।
  • ब्याज भुक्तानः त्रैमासिक (३-३ महिना)मा आ-आफ्नो खुत्रुके बचत खातामा जम्मा हुनेछ ।
  • यो खाताको रकम आवश्यक परेमा कुनैपनि बेला निकाल्न वा ऋणको सावाँ ब्याज चुक्ता गर्न मिल्नेछ ।

आवधिक बचत (Fixed Deposit):

  • आवधिक बचत (Fixed Deposit) को अधिकतम् रकम संस्थाको तरलता अनुसार सिमा निर्धारण हुनेछ ।
  • आवधिक बचत (Fixed Deposit) को सम्झौता समयावधि सम्म ब्याजदर घटबढ हुने छैन ।
  • ब्याज भुक्तानः त्रैमासिक (३-३ महिना)मा आ-आफ्नो खुत्रुके बचत खातामा जम्मा हुनेछ ।

बिशेष बचतः

  • ईच्छुक सदस्यहरुले बिशेष उद्देश्यका लागी न्युनतम र अधिकतम् मौज्दात राखि गरिने बचत।

हालको ब्याजदर:

निम्नानुसार मिति २०८१ माघ १६ गते,वुधबार देखि लागु हुने गरि निर्धारण गरिएको छ।

निक्षेप (बचत) मा दिने ब्याजदरः
क्र.सं शिर्षक ब्याजदर न्युनतम् बचत कैफियत
साधारण बचत (खुत्रुके/ पेन्सन्) ३.७५ % ३०००/- मासिक अनिवार्य ।
बिशेष बचत ४.० % रु. ५०,०००/- अधिकतम् रु. ३ लाख सम्म ।
लगानी बचत ४.० % रु. १०,०००/- अधिकतम् रु. ३ लाख सम्म ।
आवधिक (Fixed ) बचत - ३ महिने ४.५ % -
आवधिक (Fixed ) बचत- ६ महिने ५.७५ % -
आवधिक (Fixed ) बचत- १ बर्षे ६.५ % -
आवधिक (Fixed ) बचत- २ बर्षे ७.० % -