10:00 AM - 5:00 PM
सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि. एक विशुध्द सिंगापुर गोर्खा प्रहरी बलका अबकाश प्राप्त तथा बहालवाला सदस्यहरु र उनीहरुका परिवारहरुको साझा संस्था हो। यस समुदाय सँग भएका जोश, जाँगर, सिप तथा पूंजिलाई सँगठित र संकलित गरि सहकारीको सिद्धान्त र मुल्य मान्यता अनुसार आवश्यक सेवा, सुविधा र सामाजिक कार्यहरुको उचित व्यवस्थापन गर्ने प्रमुख उद्देश्यका साथ काठमाडौं जिल्ला डिभिजन सहकारी कार्यालयमा मिति २०६८ माघ ५ गते विधिवत् रुपमा दर्ता गरिएको हो ।
यो सहकारी संस्था तत्कालिन अवकाश प्राप्त सिंगापुर गोर्खाज र सिंगापुर गोर्खा पेन्सनर्स एशोसिएसन् नेपाल (SGPA Nepal) मा आवद्ध सदस्यहरुद्वारा दर्ता गरिएकोले उक्त संघको अविभावकत्वमा संस्थागत संस्थाको रुपमा रहेको छ ।
संस्थाको नाराः
"सिंगापुर गोर्खा हाम्रो पहिचान, समृद्दिको आधार सहकारी अभियान"
सिंगापुर गोखार्जको पहिचान सहितको एक प्रतिष्ठित सहकारी संस्थाको स्थापना गरी सदस्यहरुलाई सहज सेवा सुविधा प्रदान गर्दै समुदायको आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक विकास गर्ने ।
